दैलेख । दैलेखको ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि पुनः दैलेख ल्याइएको छ । २०२८ सालमा दैलेखमा भोकमरी परेपछि दैलेखमा रहेको ज्वाला दल गुल्म सरेर सुर्खेत जाने क्रममा लगिएको सुन्दरी तोप पुनः दैलेख ल्याइएको हो ।
तोप स्थानीय सरकारको पहलमा दैलेख ल्याइएको नारायण नगरपालिका–१ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले बताउनुभयो । सुन्दरी तोप वि.सं. १८४६ मा बहादुर शाहको पालामा बनेको ईतीहास छ ।
संघीयतापछि दैलेखका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले जिल्लाबाट अन्यत्र लगिएका पुरातात्विक सम्पदाहरू ल्याउनुपर्ने माग गर्दै आएका र स्थानीय प्रशासन, जिल्लामा रहेको नेपाली सेनाको पहलमा तोप दैलेखमा ल्याइएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
आज दैलेख ल्याइएको सुन्दरी तोपमा ८१ थान गोला भरिएको जनाइएको छ । तोप पुरानो स्थान गढीमा राख्नुपर्ने भए पनि गढीको पुनःनिर्माणको काम सकिन अझै एक महिना लाग्ने भएकाले तत्कालका लागि इन्द्र दल गुल्म राखिएको छ ।
जानकारहरूका अनूसार सुन्दरी तोपको धार्मिक महत्व समेत रहेको छ । विजया दशमीमा टीकाको साइतमा तोप पड्काएर जनाइने र सोहीअनुसार दशैंको टिका लगाउन सुरू गरिने बताइन्छ ।
बाजागाजा र झाकी सहीत सुन्दरी तोप दैलेखमा भित्र्याईदैका झलकहरु



यसैबिच दुई वटा तोपहरु ‘सुन्दरी र अर्गा’ मध्ये अर्गा तोप भने अझै गुमनाम जस्तै छ । अर्गा तोप कहाँ छ भन्नेबारे अझै एकिन हुन नसकेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । अर्गा तोप तामाबाट बनेको छ । तत्कालिन समयमा तोप भगवतीको मुर्ती समेत रहेको जानकारहरु बताउँछन् ।
नेपाली सेनासँगको समन्वयमा सुन्दरी तोप दैलेख फिर्ता ल्याउन सफल भएका नारायण नगरपालीका वडा नम्बर १ का वडाअध्यक्ष तिर्थनारायण श्रेष्ठले बताउनुभयो । ‘अर्गा तोप र भगवतीको मुर्तीको पनि खोजी गरिरहेका उहाको भनाई छ ।
सुन्दरी तोप पुनः ल्याएपछि दैलेखमा पर्यटकको आगमन बढ्ने देखिएको छ । पानीमाथि आगो बल्ने ज्वाला क्षेत्र, सिञ्जा राज्यको सितकालीन राज्य, पुरातात्विक महत्त्वको गडी, दर्जनौँ देवल लगायतका पुराना ऐतिहासिक सम्पदा दैलेखमा रहेका छन ।
बिभीन्न बाजागाजा र झाकी सहीत सुन्दरी तोप दैलेखमा भित्र्याईएको थियो ।



