दैलेखमा राष्ट्रिय जनमोर्चा र एमाले पार्टी बिच एकता हुने ।

कर्णालीदृष्टी संवाददाता ३ आश्विन २०७८, आईतवार १४:३१

दैलेख । राष्ट्रिय जनमोर्चा दैलेख र (नेकपा) एमाले पार्टी बिच एकता हुँने भएको छ । रास्ट्रिय जनमोर्चा र नेकपा (मसाल) जिल्ला समिति दैलेखको सर्वसम्मत निर्णय अनुसार (नेकपा) एमाले जिल्ला समिति दैलेख सँग पार्टी एकता गर्ने भनेर भदौ २९ गते निर्णय गरेको थियो ।

यस्तै रास्ट्रिय जममोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाही सहीत अन्य ४ जना सदस्यको टोलीले पार्टी एकताका लागि सम्पुर्ण तयारी पुरा गरिसकेको समेत जनाएको छ ।

अबको केहि समयमा (नेकपा) एमाले पार्टी अध्यक्ष केपि शर्मा ओलीको प्रमुख आतिथ्यमा च्यासको तुलसिलाल स्मृति प्रतिस्ठान काठमाडौंमा घोषणा सभा हुँने रास्ट्रिय जममोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाहीले बताए ।

Next Post

मोवाईलमा टावर नआउदा दैलेखको भगवतीमाईका स्थानीयवासी मर्कामा ।।

३ आश्विन २०७८, आईतवार १४:३१
दैलेख । जिल्लाको पुर्वी भेगमा पर्ने भगवतीमाई गाउँपालिकामा विद्युत विस्तारमा ढिलाई हुदा स्थानीयवासी टेलिफोन सेवाबाट बञ्चीत भएका छन । लामो समय सञ्चार सेवाबाट बन्चित भगवतीमाई गाउँपालिकाका स्थानीयबासीहरु ३ वर्षयता नेपाल टेलिकम र एनसेलको सेवा लिरहेका थिए । सोलारबाट सेवा दिइरहेका टावरमा वर्षातको समय घाम नलाग्दा ब्याट्री चार्ज नहुने भएपछि बर्षातको […]