मनोनयन दर्ता गराएका ४ हजार जनाको उम्मेदवारी फिर्ता

कर्णालीदृष्टी संवाददाता १७ बैशाख २०७९, शनिबार ०६:४८

काठमाडौं । स्थानीय तह चुनावका लागि मनोनयन दर्ता गराएका करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता गरेका छन ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रणालीमा प्रविष्टि नभए पनि करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता गरेको सूचना दिएका हुन । प्रणालीमा प्रविष्टि गर्न बाँकी नै रहेकाले मनोनयन फिर्ता लिनेको संख्या अझै बढ्न सक्ने आयोगले जनाएको छ ।

आयोगले शुक्रबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय दिएको थियो । आयोगले शनिबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

वैशाख ११ र १२ गते देशभरिका निर्वाचन कार्यालयमा देशभरिबाट १ लाख ५३ हजार २ सय २० जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

Next Post

मतपत्रमा चिह्न, उम्मेदवारी शून्य

१७ बैशाख २०७९, शनिबार ०६:४८
काठमाडौँ । निर्वाचन आयोगमा दर्ता भएर चुनाव चिह्न पाएका १३ दलबाट एक जनाको पनि उम्मेदवारी नपरेको पाइएको छ । आयोगले भने ती दलको समेत चुनाव चिह्न छापेर जिल्ला पठाइसकेको छ । आयोगले शुक्रबार दलगत रूपमा सार्वजनिक गरेको उम्मेदवारको विवरणअनुसार रवीन्द्रप्रसाद सिंह अध्यक्ष रहेको वैज्ञानिक समाजवादी पार्टी (रकेट चिह्न), कुमार राई अध्यक्ष रहेको […]