नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरस पुष्टि

कर्णालीदृष्टी संवाददाता ११ माघ २०७८, मंगलवार १८:३१

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २५ हजार ९ सय ९ जनाको परीक्षणबाट यो सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् ।

मन्त्रालयका अनुसार १८१०३ पिसिआर परीक्षणबाट ९ हजार ४ सय ३२ र ७८०६ एन्टिजेन परीक्षणबाट २५७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा ३ हजार ४० जना कोरोना सङ्क्रमित निको भएका छन् ।

यस्तै आज ८ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर ८८ हजार ९३४ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ हजार १७२ जना सङ्क्रमित थपिएका छन् ।

Next Post

दैलेखमा बाल विवाह कसूरमा दुई जना पक्राउ

११ माघ २०७८, मंगलवार १८:३१
दैलेख । दैलेखमा बाल विवाह सम्बन्धी कसुरमा दुई जना पक्राउ परेका छन् । प्रहरीले बाल विवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो । उहाका अनुसार पक्राउ पर्नेमा दुल्लु नगरपालिका वडा नं. ४ बस्ने दिनेश थापा र एक बालिका रहेका छन […]