प्रधानसेनापति शर्मा र चिनियाँ राजदूतबीच भेटवार्ता

कर्णालीदृष्टी संवाददाता ७ आश्विन २०७८, बिहीबार ०७:२७

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

प्रधानसेनापति शर्मा र चिनियाँ राजदूतबीच बुधबार भेटवार्ता भएको हो। जंगी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सेनाको विश्वास छ।

Next Post

देशको सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरू नबनाउने ; चीन

७ आश्विन २०७८, बिहीबार ०७:२७
  विश्वव्यापी रूपमा हरित गृह ग्यास उत्सर्जन कटौतीमा योगदान गर्नका लागि भन्दै चीनले आफ्नो देशको सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरू नबनाउने बताएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने क्रममा यस्तो घोषणा गर्नुभएको हो । राष्ट्रपति सी जिनपिङले राष्ट्र सङ्घ महासभालाई भिडियोमार्फत सम्बोधन गर्दै भन्नुभयो, […]