कमल थापाद्वारा राप्रपा परित्याग गरेकाे घाेषणा

कर्णालीदृष्टी संवाददाता २५ माघ २०७८, मंगलवार १७:३०

मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभएकाे छ । आज मङ्गलवार हेटाैँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएकाे घाेषणा गर्नुभएकाे हाे ।

पत्रकार सम्मेलनमा बाेल्दै उहाँले पार्टीमाथि पटक–पटक निर्मल निवासको हस्तक्षप भएकाे दाबी गर्दै त्याे राम्रो नभएको बताउनुभयो । नयाँ पार्टी खोल्नेबारे के विचार छ भन्ने पत्रकारको प्रश्नमा थापाले यसबारे सबैसँग सल्लाह गरेर मात्र अगाडि बढ्ने बताउनुभयो ।

गएकाे मङ्सिरमा भएकाे एकता महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा पार्टी नेतृत्वप्रति असन्तुष्ट बन्दै आउनुभएकाे थियाे ।

Next Post

दैलेख एमाले नेतृत्वका लागि फागुन १५ भित्र पुनः निर्वाचन हुने

२५ माघ २०७८, मंगलवार १७:३०
सुर्खेत । पुस २३ गते उदघाटन भएको नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन अझै टुंगिएको छैन । ३१ मत फर्जी परेको भन्दै हंगामा भएपछि नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगले हालसम्म पनि कहिलेसम्म निर्वाचन गराउने भन्ने निष्कर्ष ननिकाल्दा एमाले कार्यकर्ता अन्योलमा परेका हुन् । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने भनेर […]