२५९८ निमावि शिक्षकका लागि विज्ञापन खुल्यो

कर्णालीदृष्टी संवाददाता ७ पुष २०७८, बुधबार ०७:५५

काठमाण्डौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको छ ।

२ हजार ५९८ शिक्षकका लागि आयोगले विज्ञापन खुलाएको हो । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

आयोगले माध्यमिक तहमा मंसिर २९ गते नै विज्ञापन खुलाइसकेको छ । माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ ।

प्रावि तहको शिक्षक पदको विज्ञापन पनि पुस १५ भित्र प्रकाशन हुने आयोगको भनाइ छ ।

चैत १९ गतेसम्म परीक्षा सक्ने

आयोगले चैतको १९ गतेसम्म खुला तर्फको शिक्षक पदको परीक्षा सक्ने तयारी गरेको छ । एसईईसँग शिक्षकको परीक्षा नजुध्ने र नसार्ने गरी तयारी भइरहेको आयोगले जनाएको छ ।

त्यसका लागि राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आयोगले समन्वय गरिदिन आग्रह गरेको सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताउनुभयो । उहाले भन्नुभयो ‘सायद नजुध्ला बोर्डका सदस्यज्यू र मन्त्रालयका सचिवज्यूले समन्वय गर्नुभएको छ ।’

मावि तहमा आवेदन दिने शिक्षकले निमावि अथवा प्रावि तहमा पनि आवेदन दिन सक्ने सम्भावना भएकोले परीक्षा एक–एक दिनको फरक पारेर लिने आयोगको तयारी छ ।

Next Post

कोरोनाविरुद्धको मोर्डना खोप लगाउन सुरुः दैलेखमा ३५ हजार बढी बालबालीकालाई खोप लगाईदै

७ पुष २०७८, बुधबार ०७:५५
दैलेख । दैलेख लगाएत कर्णालीका ९ जिल्लामा कोरोना भाईरस बिरुद्धको मोर्डना खोपको पहिलो मात्रा लगाउन थालीएको छ । कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा मोडर्ना खोपको पहिलो मात्रा दिन थालिएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदम केसीका अनुसार मोडर्ना खोपको […]

सम्बन्धित समाचार