सुर्खेतको कट्कुवा सामुदायिक वनमा बम विस्फोट, दुई जना घाइते

कर्णालीदृष्टी संवाददाता ६ कार्तिक २०७८, शनिबार १८:११

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बम विस्पोट भएको छ । विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका(७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो ।

विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका(६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

समुदायिक वन खुलेको रैछ, आज बिहान पौने १० बजे एक्कासी बेवारिसे बम बिस्पोट भएछ । बम कस्ले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान भइरहेको छ,’ डीएसपी घर्तीले भने ।

उनका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

Next Post

कोरोनाबाट ज्यान गुमाएका कर्णालीका दुई सय ८६ परिवारलाई राहत उपलब्ध

६ कार्तिक २०७८, शनिबार १८:११
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशभरी कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत स्वरुप एक लाख रुपैया उपलब्ध गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कर्णलीमा हालसम्म सरकारले दुई सय ८६ जनाका परिवारलाई एक लाखका दरले राहत स्वरुप उपलब्ध गराएको हो । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा एक लाख […]