ध्रुबतारा एफएम १३ औ बर्षमा प्रबेश

कर्णालीदृष्टी संवाददाता ६ पुष २०७८, मंगलवार ०९:४५

दैलेख । ध्रुबतारा सञ्चार सहकारी सस्थाद्धारा सन्चालीत रेडीयो ध्रुबतारा सामुदायीक एफएम ८९.८ मेगाहर्ज आजदेखी १३ औ बर्षमा प्रबेश गरेको छ । बिक्रम संवत २०६६ साल पौष ६ गतेदेखी आफ्नो प्रसारणको सुभारम्भ गरेको रेडीयो आजदेखी १२ बर्ष पुरा गरी १३ औ बर्षमा प्रबेश गरेको हो ।

“पश्चिम नेपालको समाबेशी आवाज” भन्ने नारासहित आफ्नो प्रसारण सुरु गरेको रेडीयोले हाल दैनीक ५ पटक स्थानीय समाचार बुलेटीन प्रसारण गर्नुका साथै बिभीन्न मनोरन्जनात्मक तथा जनचेतनामुलक कार्यक्रमहरु प्रसारण गर्दै आईरहेको छ ।

२०६६ साल पौष ६ गतेदेखी एफ. एम. व्याण्डमा ८९.८ मेगाहर्जबाट प्रशारण आरम्भ गरेको रेडीयोले शिक्षा, स्वास्थ्य, पर्यटन, विपन्न समुदाय, कृषी, लोकतन्त्र र विकास, महिला अधिकार, शान्ति तथा आर्थिक विकाससम्वन्धि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

जिल्लाका सवै स्थानिय तहसँगै कर्णाली, लुम्विनी र सुदुरपश्चिम प्रदेशका बिभीन्न जिल्लाहरुमा आफ्नो प्रसारण १ हजार क्षमतासहित एफ. एम. व्याण्डमा ८९ं ८ मेगाहर्ज मार्फत आफ्नो प्रशारण सेवा पु¥याइरहेको छ ।

यसैगरी बढ्दो इन्टरनेटको पहुँचलाई ख्याल गर्दै रेडीयोले हाल अनलाईनमा www.dtfm.org, हाम्रो पात्रो मोवाईल एप्लीकेशनका साथै  फेसबुक पेज Dhurbatara FM मार्फत आफ्ना कार्यक्रमहरुलाई प्रसारण गर्दै आईरहेको छ ।

बार्षीक उत्सवका अवसरमा रेडीयोले आम श्रोता, विज्ञापनदाता, दातृ निकाय, सेयर सदस्य तथा सम्पुर्ण सुवेच्छुकहरुका साथै सहकार्य गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

आगामी दिनमा रेडीयोलाई थप प्र्रभावकारी बनाउन बिभीन्न जनचेतनामुलक कार्यक्रमहरु थप गर्नुका साथै श्रोता, सुवेच्छुकको चाहाना अनुसार कार्यक्रमहरु थप गर्दै आगाडी बढ्ने रेडीयोका स्टेशन म्यानेजर बिष्णू शर्माले जानकारी दिनुभयो ।

यसैबिच बार्षीक उत्सवको अवसरमा शुभकामना सन्देश दिदै सहकारी सस्थाका सचिव खगेन्द्र श्रेष्ठले रेडीयो स्थापना कालदेखी हालसम्म थुप्रै व्यक्तीत्वहरुको अमुल्य भुमिका रहेको भन्दै रेडीयोका पुर्व अध्यक्ष, पुर्व कर्मचारीहरु, सेयर सदस्यहरुलाई पनि आभार व्यक्त गर्नुभयो ।

उहाले रेडीयोलाई आगामी दिनमा थप प्रभावकारी बनाउनका लागी समयको मागअनूसार नागरीकको आवाजलाई बुलन्द गर्दै थप सहकार्य गरेर लागीपर्ने बताउनुभयो ।

शुभकामना सन्देश व्यक्त गर्दै रेडीयो सन्चालक समितीका अध्यक्ष नन्दकिशोर बस्नेतले रेडीयो सन्चालनमा साथ पुर्याउनुहुने सम्पुर्ण श्रोता प्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप शशक्त रुपमा अगाडी बढ्ने बताउनुभयो ।

Next Post

सुर्खेत विमानस्थल २५ दिनपछि सुचारु

६ पुष २०७८, मंगलवार ०९:४५
सुर्खेत — गत मंसिर १० गतेदेखि बन्द रहेको सुर्खेत विमानस्थल २५ दिनपछि मंगलबारबाट सुचारु भएको छ । धावनमार्ग मर्मतको काम सकिएपछि विमानस्थल सुचारु गरिएको हो । विमानस्थल सञ्चालन हुने भएपछि वायुसेवा कम्पनीहरूले काठमाडौं–सुर्खेत टिकट बिक्री खुला गरेका छन् । बुद्ध एयरले सुर्खेत–काठमाडौं नियमित उडान गर्दै आएको छ । बुद्धले योबीचमा […]