कर्णालीका नवनियुक्त प्रदेश प्रमुख परियारको स्वागत

कर्णालीदृष्टी संवाददाता २६ कार्तिक २०७८, शुक्रबार १७:३०

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारलाई प्रदेश प्रमुखको कार्यालयमा स्वागत गरिएको छ । उनलाई मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाहीले औपचारिक रुपमा स्वागत गरेका हुन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका उनी शुक्रबार सुर्खेत आईपुगेका हुन् ।

२३ कार्तिकमा नेपाल सरकारले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रमुख फेरेको हो । कर्णालीमा नियुक्त भएका परियार लुम्बिनी प्रदेशको बाँके जिल्ला निवासी हुन् । उनी यसअघि प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

कर्णाली प्रदेशका साविकका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई २०७६ कात्तिकमा ओली सरकारले नियुक्त गरेको थियो । २०७४ माघ ३ तत्कालीन देउवा सरकारले दुर्गाकेशर खनाललाई कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिएको थियो । तर ओली सरकारले खनाललाई हटाएर कलौनीलाई नियुक्त गरेको थियो । देउवा सरकारले अहिले ओली सरकारले नियुक्त गरेका कलौनीलाई हटाएर परियारलाई नियुक्त गरेको हो ।

Next Post

बनभोज खाना गएका बालक सम्पर्क बिहीन, खोजि कार्यमा सहयोग गरिदिन परिवारको आग्रह

२६ कार्तिक २०७८, शुक्रबार १७:३०
दैलेख । कर्णली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरस्थित काक्रेबिहारमा वनभोज खान गएका एक बालक सम्पर्क बिहीन भएका छन । दैलेखको भगवतिमाई गाउँपालिका घर भई हाल विरेन्द्रनगर ९ अलाया चौर सुर्खेत मा बस्दै आएका एक बालक यही कात्र्तीक २३ गते अपराह्न्ह ४ बजेदेखी सम्पर्कमा नआएको बालकको परिवारीक श्रोतले जनाएको छ । पढाईको […]