निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको अनुमति दिन सरकार तयार छ, मन्त्री भुसाल

कर्णालीदृष्टी संवाददाता १ मंसिर २०७८, बुधबार ०७:२२

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताएकी छन ।

मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान) को १९ र २० औँ साधारणसभामा बोल्दै मन्त्री भुसालले अहिलेसम्म नेपाल विद्युत प्राधिकरणले मात्र गरिरहेको विद्युत व्यापार निजी क्षेत्रले पनि गर्न पाउने गरी माग आइरहेकाले त्यसतर्फ सरकार सकारात्मक भएको बताएकी हुन । यस्तै उनले निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउनको निम्ति समेत आग्रह गरीन ।

‘अहिले नेपाल विद्युत प्राधिकरणले मात्र गरिरहेको विद्युत व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुराहरु उठिरहेको छ । यस सम्बन्धमा मैले अस्तिमात्र इपानका प्रतिनिधिहरुसँगको भेटमा भनेको थिएँ, उनले भनीन, विद्यमान ऐन, कानुनमा यस सम्बन्धमा केही प्रावधानहरु नभएको भए पनि यदि निजी क्षेत्रले हामी यो परिमाणको विद्युत यसरी बिक्री गर्न सक्छौँ भन्ने आधारसहित संस्थागत अथवा व्यक्तिगत आउनुहुन्छ भने पनि हामी अनुमति दिन तयार छौँ ।’

यस्तै मन्त्री भुसालले नेपालमा विद्युत् उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत खेर गइरहेको बताईन । विद्युत् खेर जाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति बेहोर्नुपरेको उनको भनाइ छ

Next Post

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच आप्रवासी संकटबारे छलफल

१ मंसिर २०७८, बुधबार ०७:२२
काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच फोन वार्ता भएको छ । फोनवार्ताका क्रममा दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्या र सीमा समस्याका बारेमा छलफल भएको छ । पुटिनले बेलारुस र ईयू देशका नेताहरूलाई यस विषयमा प्रत्यक्ष वार्ता गर्न आग्रह समेत गर्नुभएको […]