जनयुद्धले उत्पीडित तथा पिछडीएका वर्गको उत्थानमा सहयोग पुगेको छ : महेन्द्रबहादूर शाही

खगेन्द्र राना मगर ६ मंसिर २०७८, सोमबार ०७:५४

दैलेख । नेकपा माओवादी केन्द्र कर्णली प्रदेश संसदीय दलका नेता एवंम निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनयुद्धले उत्पीडित तथा पिछडीएका वर्ग र दलीत समुदायको उत्थानमा सहयोग पुर्याएको बताउनुभएको छ ।

आईतबार नेकपा माओवादी केन्द्र भगवतीमाई गाउपालीका दैलेखको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता शाहीले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै उहाले गठबन्धन दलहरुबिच भएको सहमती अनुसार नै आफुले ईमान्दारीताका साथ सत्ता हस्तातरण गरेको समेत बताउनुभयो ।

सम्मेलनमा बोल्दै कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री शाहीले आफु मुख्यमन्त्री हुदा कर्णालीका ५ बर्षमुनीका बालबालीका र सहिद परिवारलाई मासिक भत्ताको व्यवस्था गर्नुका साथै समग्र कर्णालीको कृर्षी क्षेत्रमा उल्लेख्य काम गरेको समेत बताउनुभयो ।

यसैबिच आईतबार भगवतीमाईमा सम्पन्न पालीकास्तरीय सम्मेलनबाट नरेन्द्र सिंहको अध्यक्षतामा ५५ सदस्यीय नेकपा माओवादी केन्द्र भगवतीमाई गाउपालीका कमीटि गठन गरिएको छ ।

नवगठीत कमीटिको उपाध्यक्षमा मान बहादूर खड्का, उपाध्यक्ष राम बहादुर नेपाली, महिला उपाध्यक्ष पद्मा शाही, सचिबमा भगीराम खड्का, सह सचिबमा कल्पना खड्का र कोसाध्यक्षमा मनिषा सोनी लगाएत ५५ सदस्यीय नेकपा माओवादी केन्द्र भगवतीमाई गाउपालीका कमीटि गठन गरिएको नेकपा आमोवादी केन्द्र भगवतीमाई गाउपालीका कमीटिका सचिब भगीराम खड्काले जानकारी दिनुभयो ।

Next Post

मङ्सिर १७ देखि पालिकाको केन्द्रबाट मतदाता नामावली सङ्कलन गरिने

६ मंसिर २०७८, सोमबार ०७:५४
काठमाण्डौ । निर्वाचन आयोगले आउँदो १७ गतेदेखि पालिकाहरूको केन्द्रबाट मतदाता नामावली सङ्कलन गर्ने भएको छ । अहिले सबै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीका लागि नाम दर्ता तथा फोटो खिचाउने काम गरिरहेको आयोगले मङ्सिर १७ देखि पालिकाको केन्द्रमा टोली पठाएर नामावली सङ्कलन […]