उच्च मूल्यबाट घट्यो सुनको भाउ

कर्णाली दृष्टि संवाददाता २१ चैत्र २०८०, बुधबार १०:३८

काठमाडौं । सोमबार उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार भने केही घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

आज भने ४ सय रुपैयाँ घटेर १ लाख ३१ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य केही घटे पनि चाँदी भने बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर १ हजार ५४५ रुपैयाँ कायम भएको छ ।

Next Post

सिरहामा १० वर्षीय बालको शव पोखरीमा भेटियो

२१ चैत्र २०८०, बुधबार १०:३८
जनकपुरधाम । सिरहाको औरही गाउँपालिका ४ खजनपुरस्थित पोखरीमा डुबेको अवस्थामा १० वर्षीय बालको शव फेला परेका छन् । आज बिहान बद्री यादवका १० वर्षीय छोरा सचिन कुमार यादव पोखरीमा मृत फेला परेका हुन् । गन्हाएपछि स्थानीयले पोखरीमा खोजी गर्दा बालक सचिन मृत फेला परेको स्थानीय सन्तोष यादवले जानकारी दिए । […]

सम्बन्धित समाचार