नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ७ हजारभन्दा कममा झर्यो

चक्र प्रसाद पोख्रेल ११ पुष २०७७, शनिबार २०:३९

काठमाण्डौ :नेपालमा सक्रिय कोरोनाका सङ्क्रमितको संख्या ७ हजारभन्दा कममा झरेको छ ।पछिल्लो २४ घन्टामा ८ सय ४० जना निको भएसँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार ७ सय ४९ जनामा झरेको हो ।अहिलेसम्म २ लाख ४९ हजार १ सय ३२ जना कोरोना सङ्क्रमणबाट निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घन्टामा ५ हजार ४ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ५ सय जना नयाँ सङ्क्रमित थपिएका छन् ।

अहिलेसम्म २ लाख ५७ हजार ७ सय जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । यस्तै थप ३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय १९ पुगेको मन्त्रालयले जनाएको छ ।

Next Post

प्रधानमन्त्री कप महिला क्रिकेट, लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले हरायो

११ पुष २०७७, शनिबार २०:३९
दाङ :प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले हराएको छ ।दाङको देउखुरी क्रिकेट मैदानमा प्रदेश २ ले दिएको ७८ रनको सामान्य लक्ष्य लुम्बिनीले १६ ओभर १ बलमा मात्रै १ विकेट गुमाएर भेट्टायो । लुम्बिनीका लागि गीता गोसाइले २३, सरस्वती जीएमले २२ र नेरी थापाले […]