युवा शशक्तीकरण परियोजनाद्धारा बिद्यार्थीहरुलाई बर्षरी सहयोग

कर्णालीदृष्टी संवाददाता २१ मंसिर २०७८, मंगलवार १८:३२

दैलेख । किशोर किशोरी तथा युवा शशक्तीकरण परियोजनाले दैलेखका बिभीन्न बिद्यालयमा अध्यनरत छात्र छात्राहरुलाई बर्षरी सहयोग वितरण गरेको छ ।

बर्षरी सहयोग भन्नाले बर्षभरी पुग्ने छात्रबृत्री जनाउछ । एभरेष्ट क्लब दैलेखद्धारा सन्चालीत परियोजनाले सेभ द चिल्ड्रेनको सहयोगमा दैलेखको नारायण नगरपालीकाका ४ र दुल्लु नगरपालीकाका ४ वटा माध्यामीक बिद्यालयका बिद्यार्थीहरुलाई छनोट गरी बर्षरी सहयोग वितरण गरेको हो ।

विद्यालय बाहिर रहेका अथवा रहन सक्ने सम्भावना भएका किशोर किशोरीलाई छनोट गरी प्रतिव्यक्ती रु १२ हजारका दरले छात्रबृती वितरण गरिएको परियोजनाका संयोजक भुपालसिंह बोहोराले जानकारी दिनुभयो ।

उहाका अनूसार परियोजना लागू भएका बिद्यालयका विपन्न, अति विपन्न्न, दलित, अपाङ्गता तथा सिमान्तकृत समुदायका बिद्यार्थी, आर्थीक अभावले विद्यालय छोड्ने सम्भावना भएका र आर्थिक रुपले विपन्न बालबालीकाहरुलाई लक्षीत गरेर उक्त छात्रवृती (बर्षरी सहयोग) उपलव्ध गराईएको हो ।

परियोजनाले आज सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि दैलेखको बसन्त माध्यामीक बिद्यालय किमूगाउ र सरस्वती माध्यामीक विद्यालय तर्ताङ्गका गरि कुल १८ जना छात्रछात्राहरुलाई बर्षरी सहयोग वितरण गरेको जनाएको छ ।

शेभ द चिल्ड्रेनको सहयोगमा उक्त परियोजनाले अहिलेसम्म सम्म नारायण नगरपालीका र दुल्लु नगरपालीकामा गरी ७० जना बिद्यार्थीहरुलाई रु १२ हजारका दरले छात्रबृती वितरण गरिसकेको परियोजनाका संयोजक बोहोराले जानकारी दिनुभयो ।

यसैबिच बर्षरी वितरण कार्यक्रममा बोल्दै नारायण नगरपालीका दैलेखका नगरप्रमुख रत्नबहादूर खड्काले यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको भन्दै प्रशंसा गर्नुभएको छ ।

परियोजनाले बर्षेरी सहयोग छात्रवृत्री वितरण गर्दा उचित ठाउ उचित व्यक्तीका परिवारका वालवालीकाहरुलाई छनोट गरी छात्रृवृती उपलव्ध गराएको भन्दै परियोजनालाई धन्यवाद दिनुभएको थियो ।

पछिल्लो समय बिद्यार्थीहरुले छात्रृवृती पाएपनि अभिभावकहरुले त्यसको ख्याल नगरी अन्यत्रै खर्च गर्ने प्रवृतीको अन्य गरी उचित ठाउमा खर्च गर्न पनिनगर प्रमुख खड्काले अभिभावकहरुलाई सुझाव दिनुभयो ।

जनप्रतिनिधी, बिभीन्न बिद्यालयका शिक्षक, अभिभावक, बिद्यार्थी, पत्रकार लगाएतको उपीस्थिती रहेको कार्यक्रम नारायण नगरपालीका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काको प्रमुख आतीथ्यता तथा एभरेष्ट क्लब दैलेखका कार्यसमिती सदस्य मनोज थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

Next Post

निजी जग्गामा उत्पादित सालको काठ बिक्री वितरण सहज बनाउन स्थानियको माग

२१ मंसिर २०७८, मंगलवार १८:३२
देलेख । निजी जग्गामा उत्पादित सालको काठ बिक्री वितरणमा सहज बनाउन दैलेखका स्थानियले सरकारवालाहरुलाई माग गरेका छन् । पारिवारिक निजी वन संघ नेपाल दैलेखले आयोजना गरेको कार्यक्रममा उनीहरुले कृषि बाली सरह साल लगायतका प्रजातिमा रुख तथा काठ बेच्न पाउने अधिकार स्थापित हुने गरी कानून निर्माण गर्न स्थानिय सरकारसँग माग गरेका […]