बिकास निर्माणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कर्णालीदृष्टी संवाददाता २८ मंसिर २०७८, मंगलवार ०६:४८

दैलेख । जिल्लामा हुने बिकास निर्माणका कामलाई प्रभावकारी बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।

सोमबार सुन्दर नेपाल संस्था दैलेख र नेपाल पत्रकार महासंघ दैलेखको आयोजना तथा नारायण नगरपालिकाको समन्वयमा भएको “सरोकारवालाहरुको सहभागितामा साझा सभा” कार्यक्रममा नारायण नगरपालीका दलेखका नगरप्रमुख रत्न बहादुर खड्काले बिकास निर्माणलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका सहभागीहरुले जनप्रतिनिधी, कर्मचारी र नागरिक समाजका प्रतिनिधीहरुले सहभागितामूलक विकास सिद्धान्त अनुसार योजना तर्जुमा कार्यान्वयन देखि अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

योजनाको छनोट, कार्यान्वयन, मर्मतसम्भार लगायतका हरेक चरणमा जनसहभागिता बढाउनुपर्नेमा सहभागीहरुको जोड थियो । कार्यक्रममा जनप्रतिनिधी, बिभीन्न विषयगत शाखाका प्रमुखहरु, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

Next Post

दैलेख जिल्लाभर ६९ हजारले कोरोनाबिरुद्धको खोप लगाए

२८ मंसिर २०७८, मंगलवार ०६:४८
दैलेख । दैलेख जिल्लाका ६९ हजार नागरीकहरुले कोरोना भाईरस बिरुद्धको खोप लगाएका छन । स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार हाल सम्म जिल्लाका ६९ हजार नागरीकले कोरोना भाईरस बिरुद्धको पुर्ण मात्रा खोप लगाएका हुन । सोमबार दैलेखमा आयोजित पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा ७८ हजार जनाले कोरोना बिरुद्धको पहिलोमात्रा खोप लगाएको स्वास्थ्य सेवा […]