कोरोनाविरुद्धको मोर्डना खोप लगाउन सुरुः दैलेखमा ३५ हजार बढी बालबालीकालाई खोप लगाईदै

कर्णालीदृष्टी संवाददाता ८ पुष २०७८, बिहीबार ०७:०९

दैलेख । दैलेख लगाएत कर्णालीका ९ जिल्लामा कोरोना भाईरस बिरुद्धको मोर्डना खोपको पहिलो मात्रा लगाउन थालीएको छ । कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा मोडर्ना खोपको पहिलो मात्रा दिन थालिएको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदम केसीका अनुसार मोडर्ना खोपको पहिलो मात्रा आइतबारदेखि पुस १४ गते सम्म लगाउने क्रम चलीरहेको छ भने दोस्रो मात्रा माघ २ देखि १० गतेसम्म लगाईने छ ।

यसैबिच दैलेखमा ३५ हजार ५ सय ५० बालबालिकालाई विद्यालयमै मोडर्ना खोप लगाइने स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाका अनुसार दैलेखका ९० वटै वडामा रहेका निमावि र मावि विद्यालयमा खोप केन्द्र स्थापना गरी १२ देखी १८ बर्ष सम्मका बालबालीकाहरुलाई उक्त खोप लगाउन थालीएको हो ।

यस्तै नारायण नगरपालिका दैलेखले पुस ८ बिहीबारदेखी खोप अभियान सञ्चालन गर्दैछ । नारायण नगरपालीकाका २१ विद्यालयमा अध्ययनरत करिब ४ हजार १ सय जना बालबालिकालाई खोप लगाउन लागिएको नारायण नगरपालिका स्वास्थ्य शाखाका सह– संयोजक लाल बहादुर खड्काले बताउनुभयो ।

यस्तै प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका ९ जिल्लाका १ लाख ५४ हजार ८ सय ७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ । सुर्खेतमा यही उमेर समूहका २ हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै ‘फाइजर खोपको पहिलो मात्रा दिइएको छ ।

यता, सुर्खेतमा पुस १३ गतेदेखि सञ्चालन गर्ने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने फाइजर खोपको कार्यतालिका केही दिनका लागि स्थगित भएको हो ।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेका अनुसार अभियानको मिति तय भएपछि पुनः सूचना सार्वजनिक गरिनेछ । तर स्वास्थ्यकर्मीहरूको तालिम भने पूर्वसूचनाअनुसार नै हुने उहाले जानकारी दिनुभयो ।

कर्णालीका अन्य ९ जिल्लामा भने बालबालिकाका लागि मोडर्ना खोप अभियान सञ्चालन भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको छ ।

Next Post

जिल्लामा छैन् गुणस्तर परिक्षण गर्ने मेसिन, खरबौंको बजेट विकासमा खर्च

८ पुष २०७८, बिहीबार ०७:०९
दैलेख । संघीय संरचना आउनुपुर्व जिल्ला विकास समितिमा विकासे कामको गुणस्तर परिक्षण गर्ने सामान्य मेसिन सञ्चालनमा थियो । अहिले उक्त मेसिन जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन् । संघीयता पछि जिल्लामा खरबौका बिकासे पुर्वाधार तयार भएका छन् । तयार भएका अधिकाँस पुर्वाधारहरुको गुणस्तर परिक्षण गर्ने मेसिन जिल्लामा छैन् । […]

सम्बन्धित समाचार