माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्बिरोध, केन्द्रीय सदस्यहरूले लिए सपथ

कर्णालीदृष्टी संवाददाता १९ पुष २०७८, सोमबार १८:२७

काठमाण्डौ । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई निर्विरोध चयन गरेको छ । आज बसेको पहिलो बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गर्नुभएको थियो । सो प्रस्ताबलाइ कमिटीले अनुमोदन गरेको छ । यसअघि नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरूले शपथ ग्रहण गरेका थिए ।

आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित २३६ जना केन्द्रीय सदस्यहरूलाई आज निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले शपथ ग्रहण गराउनुभएको हो ।

उनीहरूले हात उठाएर पार्टीको झण्डा सामु उभिएर शपथ लिएका हुन् । हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्नुभएको थियो, जसलाइ अनुमोदन गर्दै माओवादी केन्द्रको महाधिवेशन सकिएको थियो ।

Next Post

रुकुम पूर्वमा दुई बालकबीच विवाद, एकको ज्यान गयो

१९ पुष २०७८, सोमबार १८:२७
रुकुम पूर्व । रुकुम पूर्वमा दुई बालकबीचको विवादका क्रममा एक बालकको ज्यान गएको छ । भूमे गाउँपालिका–१, का ९ वर्षीय बालकसँगको विवादका कारण ८ वर्षका बालकको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो गाई चराउन गएका साथी–साथीबीच कुटपिट भएको र ९ वर्षीय बालकले ८ वर्षकालाई कुटपिट गरी भिरबाट लडाइदिएको […]