धारो बन्नु छ प्यासी कुवा बन्नु छ, गन्तव्य भन्दा तिमी बटुवा बन्नु छ

कर्णालीदृष्टी संवाददाता १५ माघ २०७८, शनिबार ०८:१९

“गजल”
धारो बन्नु छ प्यासी कुवा बन्नु छ
गन्तव्य भन्दा तिमी बटुवा बन्नु छ

जिन्दगी यत्रतत्र छरपस्ट बनेको छ
सम्हालेर हिडिरहने कछुवा बन्नु छ

कुनै दिन छुट्टिन नपरोस् भन्छौ तिमी
तिमी आगो हुदा मैले धुवा बन्नु छ

उराठ लाग्ने मरुभूमि बनेको छ दिलमा
प्रेमको वृक्ष पलाउने पालुवा बन्नु छ

एका देशको मान्छे खेमराज (अछाम) हाल नेपालगन्ज 

Next Post

आज नर्सिङ दिवस मनाइँदै

१५ माघ २०७८, शनिबार ०८:१९
काठमाण्डाै – आज नर्सिङ दिवस । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो । नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाइँदै आइएको छ । आजको दिन यो क्षेत्रसँग सम्बन्धित विभिन्न […]