आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ को पराजित

कर्णाली दृष्टि संवाददाता २१ चैत्र २०८०, बुधबार २१:२७

काठमाडौं। आयरल्यान्ड ‘ए’ विरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ ले लज्जास्पद हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानम बुधबार भएको खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भयो ।

तीनसँगै तीन खेलको सिरिजमा आयरल्यान्ड ‘ए’ ले १–० को अग्रता लिएको छ । जितका लागि एक सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ‘ए’ २५।३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो ।

नेपालका लागि साहब आलमले ३७ रन बनाए। यस्तै देव खनालले २६, बसिर अहमदले २०, रिजन ढकालले १२ रन बनाए। बलिङमा आयरल्यान्डका म्याथ्यु हुमप्रेजले पाँच विकेट लिए । लियम म्याकार्थीले चार विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले ३८।३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो । आयरल्यान्ड ‘ए’का लागि केड कार्माइकलले अर्धशतकीय पारी खेले । उनले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाए ।

यस्तै कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाए । पिटर मुरले २१ ओपनरद्वय जेम्स मकलम र स्टेफल डोहनीले १२र१२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा नेपाल ‘ए’ का कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिए । यस्तै साहब आलम र मौसम ढकालले दुई दुई विकेट लिए । साथै रिजन ढकालले एक विकेट झारे ।

Next Post

राजकुमार शर्माले मुख्यमन्त्री पदबाट राजिनामा दिदै

२१ चैत्र २०८०, बुधबार २१:२७
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत नलिई राजीनामा दिने भएका छन्। केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णअनुसार नेकपा एमालेलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शर्माले बुधबार नै राजीनामा दिने लागेका हुन्। केन्द्रको निर्णय र अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिन लागेको उनको सचिवालयले जानकारी दिएको छ ।