बीमा कम्पनीले मृत्युको प्रमाणपत्र मागेपछि, स्थानीयले लाश लिएर अफिसमा पुगे

कर्णालीदृष्टि
कर्णाली दृष्टि संवाददाता ४ माघ २०७७, आईतवार ०९:३८

काठमाडौं । आजभोलि तपाईं हामीमध्ये धेरैले जीवन बीमा गराएकै छौँ होला । बिमितले खुरुखुरु बीमा प्रिमियम चुक्ता गर्ने तर जीवन बीमाको दाबी भुक्तानी माग गर्न जाँदा बीमा कम्पनीले अनेक खालका झण्झट लगाउने गरेको गुनासो धेरै ठाउँमा सुन्न पाइन्छ ।

दक्षिण अफ्रिकामा पनि हालै यस्तै एउटा घटना भएको छ । जीवन बीमाको दाबी भुक्तानी माग्न जाँदा बीमा कम्पनीले मृत्युको प्रमाणपत्र माग गरेपछि मृतकका आफन्तले विमितको शव नै बोकेर बीमा कम्पनीको कार्यालय पुगेका छन् ।

४६ वर्षका सिफिसो जस्टिस म्हेल्गोको मृत्यु गत ७ नोभेम्बरमा भएको थियो । उनले जीवित छँदा आफ्नो जीवन बीमा गरेका थिए । त्यसैले उनको मृत्युपछि उनका परिवारजन बीमा दाबी भुक्तानी माग गर्दै बीमा कम्पनीको अफिसमा पुगे । तर बीमा कम्पनीचाहिँ सिफिसोको मृत्यु भएको पत्याएन । बीमा कम्पनीका कर्मचारीले उनको मृत्यु भएको प्रमाण पेश गर्न निवेदकलाई आग्रह गरे ।त्यसपछि मृतक सिफिसोका परिवारजन उनको मृत्युको प्रमाणको रुपमा उनकै लाश बोकेर बीमा कम्पनीमा पुगे ।

–एजेन्सी

Next Post

एकपटक लाठी खान मन छ,शाकाहारी आन्दोलनले भएन : प्रचण्ड

४ माघ २०७७, आईतवार ०९:३८
काठमाडौं | नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । आन्दोलनको अग्रमोर्चामा आफू पनि हुने उनले बताएका छन । आफू सम्वद्ध अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो । आक्रामक हुनुपर्‍यो । […]