दैलेख । दैलेखको आठबिस नगरपालिकामा वडा नम्बर ६ रोलमा सकेट वम भेटिएको छ । आईतबार दिउँसो करिव २ बजे वम भएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहले स्थानीयले बारी खनजोत गर्ने क्रममा सकेट बम भेटेको जानकारी दिनुभयो ।
शाहका अनुसार वम भेटिएको स्थलमा नेपाली नेपाली सेना, नेपाल प्रहरी सहितको टोली पुगिसकेको छ । रोलमा युद्धकालीन अवस्थामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीको ब्यारेक बसेको थियो ।
तत्कालीन समयमा जमिनमुनी लुकाइएको वम अहिले भेटिएको हुनसक्ने आंशका गरिएको प्रहरी नायव उपरीक्षक शाहले बताउनुभयो। २०६७ सालमा यहाँबाट ब्यारेक हटाइएपछि अहिलेसम्म ४ वटा बम निष्क्रिय पारि सकिएको छ ।