मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुदा दुई जना घाइते ।

कर्णाली दृष्टि संवाददाता ९ जेष्ठ २०७८, आईतवार २०:२६

दैलेख । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट डिजेल लिइएर दैलेखको ठाटिकाध गाउँपालिका को झुज हुँदै दैलेख बजार तर्फ फर्किदै गर्दा ट्याक्टर दुर्घटना भएको छ । करिब ५ बजे चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा न ६ स्थित नुवाकोट मध्यपहाडी लोकमार्ग बाट ना.७.त.२२८१ नम्बर को टयाक्टर दुर्घटना हुदा २ जना घाइते भएका छन ।

उक्त ट्याकटर मध्यपहाडी लोकमार्ग अन्तर्गत नुवाकोट मा अनियन्त्रित भएर दुर्घटना भएको स्थायी प्रहरी चौकी जम्बुकान्धले जनाएको छ । ठाटिकाध गाउँपालिका को झुज बाट दैलेख बजार फर्किदै गरेको ट्याक्टर दुर्घटना हुदा चालक र सहचालक दुबै जनाको स्थानिय स्वास्थ क्लिनिक मा उपचार भैरहेको प्रहरी चौकी जम्बुकाध ले जनाएको छ ।

उक्त ट्याक्टर चालक नारायण नगरपालिका वडा न २ जाहरकोट का दिपेन्द्र थापा र सहचालक प्रकाश मल्ल रहेका छ्न । प्रहरीका अनुसार चालक र सहचालकको अवस्था सामान्य रहेको बताएका छन् ।

Next Post

इटलीमा केबलकार दुर्घटना हुँदा १४ जनाको ज्यान गयो

९ जेष्ठ २०७८, आईतवार २०:२६
काठमाडौं : इटलीको माजीओरी तालनजिकै एउटा केबलकार खस्दा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना बालकको पनि ज्यान गएको छ भने अर्का एक बालक गम्भीर घाइते भएका छन्। स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेका बेला केबलकार दुर्घटनामा परेको बीबीसीले जनाएको छ । ज्यान गुमाउने १४ जनामध्ये पाँच जना इजरायलका […]